उपसभामुख चयनका लागि प्रतिनिधि सभा बैठक सुरु

प्रतिनिधि सभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ।

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानामगर र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार छन्। रानाको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)की नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन्।

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला छन्। बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ–आफना पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नेछन्। दलीय रूपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर