राजनीतिक सक्रियता थाँती राखेर पदीय भूमिका गरिमायुक्त बनाउँछु : सभामुख

सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै यस्तो बताएका हुन्।

उनले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने बताए। उनले सांसदहरूलाई असल संवैधानिक र संसदीय अभ्यास अँगाल्न आग्रह गरे।

उनले विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाँती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदासदा गरिमायुक्त बनाउनु आफ्नो पहिलो दायित्व भएको बताए। उनले संसदीय अभ्यासका क्रममा विकसित असल अभ्यासहरूको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभामुख घिमिरेले प्रतिनिधि सभा सांसदहरूलाई सभामा प्रस्तुत हुँदा रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताका लागि आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर