सीके राउतले संसद्मा मौनधारण गर्न लगाउनु संसदीय मर्यादाविपरीत : उपप्रधानमन्त्री लिङ्देन

उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादाविपरीत संसद्मा आफैंले शहीदहरूको सम्मान भन्दै मौनधारण गर्न लगाएको दाबी गरेका छन्।

मधेसका शहीदहरूप्रति सरकार र संसद्ले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधि सभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौनधारण गर्न लगाएका थिए। त्यो काम संसदीय मर्यादा र नियमविपरीत भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरू मौनधारणमासहभागी नभएको बताए।

उनले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसद्मा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङ्देनले आफूहरूले सो क्रममा शहीदहरूलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गरे।

उपप्रधानमन्त्री लिङ्देनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै शहीदहरूप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *