रास्वपाकी इन्दिरा रानामगर उपसभामुखमा निर्वाचित

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो।

प्रतिनिधि सभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए। जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे।

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरूले मतदान गरे।

नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो। प्रतिनिधि सभामा पहिले इन्दिरा रानामगरलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा उनी सभामुखमा निर्वाचित भएकाले कांग्रेसको प्रस्तावमाथि छलफल नै भएन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *