उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको छु : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन्।

शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भए पनि आफूले भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाए पनि तयार रहेको बताएका हुन्। उनले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन सुरु गरे पनि तयार रहेको बताए।

गृहमन्त्री लामिछानेले आफूले सरकारबाट काम गर्दा नतिजा निकाल्ने गरी काम गर्ने पनि बताए। उनले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै समात्ने पनि बताए।

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन्। शनिबारको संसद् बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नु परेको हो भन्दै प्रश्न गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर