दैनिक एक लाख संक्रमणका बीच कोभिड-१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्दै जापान

जापानका प्रधानमन्त्री फुमियो किशिदाले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने बताएको सीएनएन समाचार समितिले जनाएको छ।

किशिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको बताएका छन्। जापानमा अझै पनि प्रतिदिन एक लाख कोरोना भाइरस संक्रमणहरू देखा पर्ने गरेको सीएनएनले जनाएको छ।

जापानमा हाल कोभिडलाई दोस्रो श्रेणी दिइएको छ। यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ। यसबाहेक अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौं स्थानमा राख्ने योजना बनाएका सीएनएनले जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी दिएको छ।

‘कोरोनासँग जीवन बिताउने प्रयासलाई अगाडि बढाउन र जापानलाई सामान्य अवस्थामा पु¥याउनको लागि, हामी हालसम्मका विभिन्न नीति र उपायहरूलाई चरणबद्ध रूपमा परिवर्तन गर्नेछौं,’ किशिदाले भनेका छन्।

गत वर्षको अक्टोबरमा जापानले गत वर्षदेखि बन्द रहेका आफ्ना सिमाना विदेशीका लागि पुनः खोलेको थियो। सीएनएनका अनुसार यसले विश्वको सबैभन्दा कडा सीमा नियन्त्रणको अन्त्य गरेको थियो।

कोभिड–१९ बाट मृत्यु हुने वा अस्पताल भर्ना हुने जोखिम धेरैजसो मानिसहरूको उच्च स्तरको खोप र अघिल्लो संक्रमणबाट जनसंख्याको प्रतिरोधात्मक क्षमताका कारण धेरै कम भएको संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ।

अर्कोतर्फ विश्व स्वास्थ्य संगठनले अझै पनि कोभिडलाई महामारीको रूपमा गणना गर्दछ र आफ्नो पछिल्लो अपडेटमा कोभिड–१९ सँगको सम्पर्कमा आएका वा नजिकको सम्पर्कमा आएका मानिसहरूलाई, भीडभाडमा, कमजोर भएका जोकोहीलाई पनि मास्क लगाउन सिफारिस गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर