यू-१९ क्रिकेट विश्वकपको एशिया छनोटका लागि नेपाली टोली घोषणा

यू-१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले आउँदो महिना यूएईमा हुने छनोट प्रतियोगिताका लागि ४ बैकल्पिकसहित १८ खेलाडी छनोट गरेको हो।

टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, गुल्सन झा छन्। यस्तै देव खनाल उत्तम थापा मगर सुवास भण्डारी, दीपक डुम्म्रे, विशाल केसी, दीपेश कँडेल र मिलन बोहरा पनि टिममा छन्।

प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव भने वैकल्पिकको सूचीमा परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *