कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतक बने खोटाङका भूपेन्द्र राई

प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन्।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्। प्रमुख सचेतकमा नियुक्त राई कांग्रेस प्रदेश १ महामन्त्रीसमेत हुन्। उनी खोटाङ प्रदेश ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रदेश सांसदअघि उनले दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। भूपेन्द्र तिनै नेता हुन् जसले कोरोनाकालमा गाउँपालिका अध्यक्ष रहँदा संक्रमितलाई पिठ्युँमा बोकेर अस्पताल पुर्‍याएका थिए।

प्रदेश १ को प्रदेश सभामा कांग्रेसका २९ सांसद छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *