रास्वपा संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्।

रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रूपमा चयन गरेको सो पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

संसदीय दलको उपनेतामा चयन भएका श्रेष्ठ काठमाडौं क्षेत्र नं. ८ बाट प्रतक्ष्य निर्वाचित सांसद हुन् भने प्रमुख सचेतकमा चयन भएका परियार समानुपातिक सांसद हुन्। रास्वपा संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने यसअघि नै चयन भइसकेका छन्। पार्टीबाट हाल प्रतिनिधि सभामा २० जना सदस्य छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *