सशस्त्र प्रहरी दिवसमा वर्ष उत्कृष्ट घोषित यी हुन् सशस्त्र प्रहरी इकाइहरू

सशस्त्र प्रहरी बल, नेपालले सोमबार २२औं सशस्त्र प्रहरी दिवस मनाएको छ। सशस्त्रको प्रधान कार्यालय हल्चोकमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो।

सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका इकाइहरूबाट यस वर्ष सर्वोत्कृष्ट हुन सफल इकाइहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कार प्रदान गरे।

यस वर्ष सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, सशस्त्र प्रहरी बल, नेपाल नंं. २१ गण हेडक्वार्टर दक्षिणकाली, ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल नंं. १८ गुल्म हेडक्वार्टर दोलखा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट, कप्तानगञ्ज सुनसरी सर्वोत्कृष्ट घोषित भए र यी इकाइलाई रनिङ अवार्ड प्रदान गरियो।

यस्तै ‘वर्ष जवान-२०७९’सशस्त्र प्रहरी सहायक हवल्दार दीर्घनारायण पौडेल घोषित भए। उनलाई महानिरीक्षक अर्यालले ‘वर्ष जवान’को ट्याग प्रदान गरे।

तस्बिरहरू :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर