सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन, ‘अपराधको चरित्रमा बहुआयामिक फेरबदल आएको छ, आवश्यक रणनीति बनाउनुस्’

प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना प्रविधिको विकासले अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको भन्दै बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न आवश्यक रणनीति बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार २२औं सशस्त्र प्रहरी दिवसलाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन्।

उनले वर्तमान विश्व परिवेशलाई मूल्यांकन गर्दै बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्नका लागि आवश्यक रणनिति बनाई सोहीअनुसार परिचालित हुन शसस्त्र प्रहरीलाई निर्देशन दिए। उनले सरकारको सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमानदार र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।

उनले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैंगिक विभेदमा शून्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए। उनले जनताको मन मष्तिस्क जित्ने गरी कार्यक्षेत्रमा खटिँदै देश र जनताको सेवा र सुरक्षा प्रदान गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिए।

प्रधानमन्त्री दाहालले शसस्त्र प्रहरीलाई हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधारलगायत आवश्यक उपकरणहरू र जनशक्तिको अभाव रहेको भन्दै त्यसको लागि सरकारको तर्फबाट यथासम्भव पहल गर्ने पनि बताए।

प्रधानमन्त्री दाहालले सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी अनुशासित, नैतिकवान, व्यावसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर