डीआईजी पोषराज पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ताकाे जिम्मेवारी

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ।

यसअघिका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो।

प्रहरी नायब महानिरीक्षक राईले आफूले नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने क्रममा सञ्चारकर्मीहरूलगायत सम्बन्धित सबैबाट पु¥याएको सहयोग र समन्वयका लागि धन्यवाद दिएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *