बाजुराकी एक गर्भवतीको उपचारका लागि भारत लैजाँदै गर्दा बाटैमा मृत्यु

बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले विकलाई दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले उनको मृत्यु भएको बताए।

‘चैतमा सुत्केरी हुँदै हुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौं,’ उनले भने, ‘ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी पाएका छौं।’

विकलाई महेन्द्रनगरतर्फ बसमार्फत लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो। बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुंगानाले विकको अस्पताल आउनुअघि बाटोमै मृत्यु भइसकेको र बच्चाको पनि पेटमै मृत्यु भइसकेको जानकारी दिए। विक मुटुरोगी पनि थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर