मोरङमा अर्काको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ

मोरङमा अर्कैको नाममा ट्रायल दिने र दिन लगाउने पक्राउ परेका छन्। सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने २ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव छन्।

षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई प्र.१–०२–०४५ प ९४३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *