नेपाल र जर्मनीबीचकाे सम्बन्ध थप प्रगाढ बनाइने

नेपाल र जर्मनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको छ। जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मनीको विदेश मन्त्रालयअन्तर्गत दक्षिण एशिया विभागका उपमहानिर्देशक इरिक कुर्जवेलबीच सोमबार बर्लिनमा भेटवार्ता भएको हो।

उक्त अवसरमा दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको हो। जर्मनीस्थित नेपाली दूतावासका अनुसार उनीहरूबीच नेपाल–जर्मनी द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर