नेपाल टी-२० लिगको स्पट फिक्सिङमा चार जना व्यवस्थापक पनि संलग्न

नेपाल टी-२० लिग क्रिकेटमा स्पट फिक्सिङमा चार फ्रेन्चाइज टिमका व्यवस्थापककै पनि संलग्नता रहेको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले फिक्सिङमा व्यवस्थापकको भूमिकामा रहेका चार जनाको समेत संलग्न रहेको जनाएको हो।

सीआईबीका अनुसार फिक्सिङमा जम्मा १० जनाको संलग्नता देखिएको छ। जसमा चार टिम काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापककै संलग्नता देखिएको छ । फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सीआईबीको दाबी छ।

फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर महबुब आलम पक्राउ परिसकेका छन्। दुवैलाई राष्ट्रिय खेलकुद विकास ऐनअनुसार अनुसन्धानका लागि ५ दिन म्याद थपिएको छ।

महबुब आलमले कम्तीमा दुई नेपाली खेलाडीमार्फत नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीले बताएको छ प्रहरीका अनुसार उनले नेपाली खेलाडी मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेका थिए। जनकपुर रोयल्सबाट खेलेका आलमले कम्तीमा दुई खेलमा त्यस्तै खेलेको देखिएको प्रहरीको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *