सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको अभियाेगमा मनोज पाण्डे दोषी ठहर

सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको अभियाेगमा आयोजक मनोज पाण्डे दोषी ठहर भएका छन्। काठमाडाैं जिल्ला अदलातका न्ययााधीश दीपक ढकालको इजलासले बाल यौन दुरुपयोग मुद्दामा उनलाई दोषी ठहर गरेको हो।

पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना ताेकिएकाे छ।

यस्तै मानव बेचबिचन कसुरमा पनि दाेषी ठहर गरिएकाे छ तर सजाय ताेक्न बाँकी छ। सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकिएकाे छ।

एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिताकाे आडमा पाण्डेले आफूलाई पटकपटक बलात्कार गरेको सामाजिक सञ्जालमा खुलासा गरेकी थिइन्। त्यसपछि पाण्डेलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर