क्रोएसिया पठाइदिने भन्दै साढे आठ लाख ठगी, एक पक्राउ

क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पार ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–९ घर भएका २९ वर्षीय साहिल बस्नेतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

बस्नेतले वैदेशिक रोजगारीमा क्रोएसियाको प्रतिष्ठित कम्पनीमा मासिक १ लाखभन्दा बढी कमाई हुनेगरी फुडप्याकिङको काममा लागइदिने र त्यसका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरेको भन्ने वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंमा पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *