साढे ३४ किलो चरेससहित धादिङबाट एक जना पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणको लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। ३४ किलो ५०० ग्राम चरेससहित धादिङको गजुरी गाउँपालिका-८, सानोबांगेका ३२ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका हुन्।

चरेसको खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले निरन्तर निग्रानी गर्दै जाने क्रममा बुधबार उनलाई पक्राउ गरेको हो।

बिहानको राति ३ बजे धादिङको गल्छी गाउँपालिका-७ स्थित एक होटलबाट लागुऔषध चरेस बिक्री वितरण गर्न डिल गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए।

अनुसन्धानको क्रममा उनले चरेस बिक्री वितरणका गजुरी गाउँपालिका-६ को जंगलमा लुकाइ राखेको अवस्थामा ३४ किलो ५०० ग्राम चरेस बरामद भएको हो।
बरामद चरेसको बजार मूल्य प्रतिकिलो २५ हजार रुपैयाँका दरले ८ लाख ६२ हजार ५०० रुपैयाँ पर्ने प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *