रक्षामन्त्री र प्रधानसेनापतिले गरे फास्ट ट्र्याकको निरीक्षण

रक्षामन्त्री हरिप्रसाद उप्रेती र प्रधान सेनापति प्रभुराम शर्माले बुधबार निर्माणाधीन काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षण भ्रमणका दौरान उनीहरूले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै महादेवटार सुरुङ मार्गके इन्लेट, लेनडाँडा सुरुङ मार्गको अउटलेट तथा उक्त आयोजना अन्तर्गत निर्माणाधिन सडक तथा पुलहरुको निरीक्षण गरे।

निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू–बनोटमा समेत आधुनिक उपकरणहरुको प्रयोग गरी भइरहेका कार्यहरुको प्रशंसा गरेका छन्। साथै उनले उक्त कार्यलाई थप द्रुत गतिमा सञ्चालन गर्न रक्षा मन्त्रालयको तर्फबाट आवश्यक समन्वय एवं सहजीकरण गरिने उल्लेख गर्दै उच्च हौसला एवं मनोबलका साथ प्रविधिको अधिकतम प्रयोग गर्दै आयोजना छिटो सम्पन्न गर्न निर्देशन समेत दिएका छन्।

भ्रमणदलमा रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथीहरू, रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलगायत द्रुतमार्ग आयोजनाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर