शिक्षा क्षेत्रको रूपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रूपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ ।

काठमाडौं तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रूपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरूसँग छलफल र समन्वय गर्ने बताए।

‘मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ,’ उनले भने, ‘विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु।’ उनले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४/५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *