राष्ट्रपति भण्डारी राजाजस्तै : सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको टिप्पणी गरेकी छन्।

बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाजलगायतका संस्थाले संयुक्त रूपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्। उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको बताइन्।

उनले राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरू पनि राजाजस्तै भएको टिप्पणी गरिन्। पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरूको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरू आउनु सकारात्मक भएको बताइन्। राम्रा व्यक्तिहरूलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनले बताइन्।

उनले गत निर्वाचन शान्तिपूर्ण रूपमा भएको बताइन्। निर्वाचनबाट पुराना मानसिकताहरू फिल्टर हुँदै गएको भन्दै उनले नयाँ सोचाइ भएका कर्मठ युवायुवतीहरू आगामी दिनमा अझ आउनुपर्ने बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर