अर्थतन्त्रका सूचकहरू अझै चिन्ताजनक छन् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७०औं साधारण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरू राम्रो नभएको बताए। उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको बताए।

प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए। उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री दाहालले आफ्नो यो कार्यकालमा देशमा सुशासनको प्रत्याभूति गराउने, नेपाली जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर