मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ। नवनियुक्त ठाकुरले आज पद तथा गोपनीयताको शपथ लिए।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुरलाई प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुंगेलले पद तथा गोपनीयताको शपथ गराए। नवनियुक्त मुख्य न्यायाधिवक्ता सिरहा निवासी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर