दुई दिन पछि सर्‍याे माओवादीको स्थायी समिति बैठक

सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी समिति बैठक माघ १८ गतेका लागि बोलाउने निर्णय भएको हो। पार्टीको संगठनसम्बन्धी होमवर्क नसकिएकाले भालि पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सिका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाइएको थियो। त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो। पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि मंगलबार बोलाइएको स्थायी समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो।

बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *