धनुषामा हिरासत कक्ष फोडेर भागेका ६ थुनुवामध्ये ३ जना पक्राउ

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतको पर्खाल फोडेर भागेका ६ मध्ये ३ जना थुनुवा पक्राउ परेका छन्।

गत आइतबार लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा फरार भएका थिए। फरारपछि पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका–६ का रोशनकुमार महतो छन्।

अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गगरिएको धनुषाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो।

गत आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए। तीन जना पक्राउ परेको र बाँकी तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *