रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेल ‘सफल’ले बुधबार निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको उक्त पार्टी खारेजीको माग गर्दै निवेदन दिएका हुन्।

यो पार्टी निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको थियो। रास्वपाका सभापति लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते अनागरिक भएको ठहर गरेको, उनले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेस गरेको नागरिकता कानूनतः अवैधानिक रहेकाले सोही अवैधानिक नागरिकता पेस गरी लामिछानेको अध्यक्षतामा बैठक बसी दल खोल्न गरेको निर्णय, उनले गरेको हस्ताक्षर मेत अवैधानिक भएको उजुरीमा उल्लेख गरिएको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने कामसम्बन्धी विषय उल्लेख छ। जसमा राष्ट्रविरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्नेसम्बन्धी व्यवस्था छ।

त्यसैले राष्ट्रिय हितविपरीत रास्वपा दर्ता भएको भन्दै खारेज हुनुपर्ने उजुरीमा जिकिर गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *