पूर्वप्रधानसेनापति कटवाल चार दिनदेखि सैनिक अस्पतालकाे आईसीयूमा

नेपाली सेनाका पूर्वप्रधानसेनापति रुकमांगद कटवाल चार दिनदेखि छाउनीस्थित सैनिक अस्पतालकाे आईसीयूमा  उपचाररत छन्। सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले पूर्वप्रधानसेनापति कटवालकाे गत मंगलबारदेखि आईसीयूमा भर्ना गरेर उपचार भइरहेकाे जानकारी दिए।

दुवै मिर्गौला फेल भएपछि हरेक मंगलबार र शुक्रबार डायलासिस गराउँदै आएका कटवालको मंगलबार डायलासिस गराउँदा पल्मनेरी ह्यामरेज भएकाे देखिएपछि उनलाई आईसीयूमा भर्ना गरिएकाे हाे। उनकाे स्वास्थ्य अवस्था भने स्थिर रहेकाे सहायकरथी भण्डारीले बताए।

कटवाल २०६३ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रधानसेनापति भएका थिए। २०६६ वैशाख २० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने निर्णय गरेका थिए।

तर, राष्ट्रपति रामवरण यादवले कटवाललाई नै निरन्तर काम गर्न पत्र दिएपछि प्रचण्डले राजीनामा दिएका थिए। जुन घटनाका कारण कटवाल चर्चामा आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर