एन्फा महासचिवको खेलाडीलाई आग्रह- अवसर खोज्दै विदेश पलायन नहुनू

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खेलाडीलाई अवसर खोज्दै विदेश पलायन नहुनका लागि खेलाडीसमक्ष आग्रह गरेका छन्।

एक महिनापछि आयोजना हुने शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राईले चर्चित खेलाडी देशभित्र फुटबल गतिविधि नभएर बाहिरिनु दुखद् भएको र आगामी वर्ष देखी खेलाडीलाई व्यस्त गराउने तालिका एन्फाले बनाएको भन्दै विदेश पलायन नहुन आग्रह गरेका हुन्।

खेलाडीको जीविकोपार्जनको निश्चिततासँगै एन्फाले कार्यक्रम बनाएको र भविष्य खोज्न विदेन नरोज्नका लागि खेलाडीलाई अनुरोध गरेका हुन्। महासचिव राईले एन्फाको राजनीति एकातरिकाले चलिरहे पनि अर्को तरिकाले फुटबल गतिविधि नरोकीने भन्दै खेलाडीलाई फुटबल जोडिन अनुरोध गरे।

महासचिव राईले एक महिनापछि आयोजना हुन लागेको लिगको तयारी ५० प्रतिशत पुगेको र ५० प्रतिशत प्राविधिक कामय रहेको जानकारी दिए। मुख्य प्रायोजकको रुपमा कतार एयरवेजसँग छलफल भइरहेको भएपनि राईले लिगको एक महिने काउन्ट डाउन शुरु भएको र केही प्राविधिक काम बाँकी रहेको जानकारी दिँदै ५० प्रतिशत तयारी सकिएको बताए।

फागुन १९ गतेदेखि आयोजना हुने शहीद स्मारक ए डिभिजन लिग यो संस्करण तीन मैदानमा आयोजना हुनेछन्। एन्फाले यसपछि डबल राउण्ड रोबिनको आधारमा सञ्चालन गर्ने यसअघि नै जानकारी दिएको छ। लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदैछन् र मैदान मर्मतको काममा एन्फामा जुटिरहेको छ।

तयारी सम्बन्धमा आयोजना भएको पत्रकार सम्मेलनमा एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले विश्वभर लिगको तालिका पहिले नै सार्वजनिक प्रावधान भएपनि पहिलो पाँचौं चरणको खेल तालिका सार्वजनिक भइसकेको बताए। पाँचौ चरणको खेलपछि फिफा र राष्ट्रिय टोलीका विभिन्न मैत्रिपूर्ण खेल भएकाले बाँकी तालिका सार्वजनिक नगरेको बताए। यद्यपि मिश्रले क्लवहरुलाई तालिका प्रदान गरिसेको बताए।

लिगका लागि १४ वटै क्लवले नाम दर्ता गराइसकेको एन्फाले जनाएको छ। यस्तै सबै क्लवले तयारी खर्चको पहिलो किस्ता १५ लाख लिएको एन्फाले जनाएको छ। एन्फाले लिगको तयारीका लागि ए डिभिजनका प्रत्येक क्लवलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ। डबल राउण्ड रोबिन लिग प्राणालिमा आयोजना हुने लिगको विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।

यस्तै फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्‍याएको छ भने मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको विजेता क्लवले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर