दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज कारोबार मूल्य प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ छ । अघिल्लो दिन उक्त सुन एक लाख पाँच हजार छ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ रुपैयाँ घटेर एक हजार तीन सय २० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *