युरोपेली संघकी आयुक्त नेपाल आउँदै

अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघकी आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि बुधबार नेपाल आउने भएकी छन्। ईयूको काठमाडौंस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने तय भएको हो। उनले नेपालमा पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेण्डामा छलफल गर्नेछिन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका बेलामा ईयूबाट पनि भ्रमण हुन लागेको हो। आयुक्त उर्पिलाइनेन नेपालमा युरोपेली संघका विभिन्न कार्यहरूको सुरुआत गर्न आउन लागेकी ईयूले जनाएको छ।

काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएअनुसार उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत भ्रमणका क्रममा छलफल गर्नेछिन्।

नेपालले सन् २०२६ मा अल्पविकसित देश (एलडीसी) स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको महत्त्वपूर्ण समयमा आयुक्त उर्पिलाइनेनको भ्रमण हुन लागेको ईयूले जनाएको छ। सन् २०२१ देखि २०२७ सम्म नेपालको लागि यूरोपेली संघले मल्टिएनियल इन्डिकेटिभ प्रोग्राम (एमआईपी) मार्फत सहयोग गरेको छ। आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर