सशस्त्रमा डीआईजी बढुवाको तयारी, यी हुन् दाबेदार

सशस्त्र प्रहरी बलले डीआईजी बढुवाको तयारी थालेको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै रिक्त डीआईजी पदमा बढुवाका लागि आवश्यक प्रमाणपत्र पेश गर्न भनेको हो ।

हाल सशस्त्र प्रहरीमा १६ डीआईजी पदमध्ये ४ वटा रिक्त छ । बढुवाका दाबेदारमा एसएसपीहरु दीपेन्द्र शाह, पुरुषोत्तम थापा, अन्जनी कुमार पोखरेल, सुरेश कुमार श्रेष्ठ, दीपक अधिकारी, कृष्ण ढकाल, विनोदराज श्रेष्ठ र मनिष थापा छन् । उनीहरु सि.सं–१ मा इन्स्पेक्टरमा भर्ना भएका अधिकारीहरू हुन् ।

बढुवा समितिका सदस्य सचिव एआईजी नारायणदत्त पौडेलले जारी गरेको सूचनामा ७ दिनभित्र प्रमाणपत्र पेश गर्न भनिएको छ । समितिको यही माघ १९ को निर्णयअनुसार सूचना प्रकाशन गरिएको हो ।

‘सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा केही रिक्त रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) को (क) बमोजिम बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले साधारण समूह, साधारण उपसमूह तर्फका ऐ. नियमावलीको नियम ४० बमोजिम बढुवाका सम्भाव्य उम्मेदवारले’ प्रमाणपत्र पेश गर्न सूचनामा उल्लेख गरिएको छ ।

दाबेदार एसएसपीहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र गृह मन्त्रालयको बढुवा समितिको सचिवालयमा पेश गरिसक्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर