सरकारी मिडियाले गलत नक्सा छापेपछि भारतको आपत्ति

नेपाल सरकारको मातहत रहेको सरकारी सञ्चारमाध्यम रेडियो नेपालले आफ्नो अनलाइन संस्करणको समाचारमा भारतको गलत नक्सा प्रयोग गरेकोमा उसले आपत्ति जनाएको छ।

भारतको विदेश मामिला मन्त्रालयको नर्थ डेस्कले यस सम्बन्धमा सत्यतथ्य बुझेर रिपोर्ट गर्न नेपालस्थित भारतीय राजदूतावासलाई निर्देशन दिएको हो। उच्च सरकारी स्रोतका अनुसार यस सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग अनौपचारिक सोधपुछ भएको छ।

समाचारमा प्रयोग भएको नक्सामा भारतको भू–भाग पाकिस्तानमा पारिएको छ ।

रेडियो नेपालको अनलाइन संस्करणमा सोमबार बिहान दक्षिण एशियाका वातावरण पत्रकारहरूको फोरम गठन भएको राष्ट्रिय समाचार समितिको समाचारमा भारतको गत नक्सा प्रयोग भएको हो। दक्षिण एशियाको उक्त नक्सामा नेपालसहित अन्य सदस्य राष्ट्रको सीमा पनि गलत रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर