एमाले उपमहासचिवको आरोप, ‘कांग्रेसमा सत्ताबाट हट्नु परेको छटपटी सुरु भयो’

सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारूढ गठबन्धनलाई टिकाइराख्न जरुरी रहेको बताएका छन्।

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखापरेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढ्न पनि सत्तारूढ गठबन्धन टिकाउन जरुरी रहेको उनको भनाइ छ।

रफ्त सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतिलाई कार्यान्वयन गर्न सत्तारूढ दलहरू दृढतापूर्वक उभिनुपर्ने पनि बताए। उनले कांग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्त्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकिरसमेत गरे।

उपमहासचिव ज्ञवालीले कांग्रेसमा सत्ताबाट हट्नु परेको छटपटी सुरु भएको आरोपसमेत लगाए। उनले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर