सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन्। मंगलबारबाट सुरु भएको क्यान इन्फोटेक-२०२३ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको भए पनि सरकारले नेपाली इन्जिनियरहरूले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उल्लेख गरे। उनले नेपाली इन्जिनियरहरूले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको बताए।

उनले नेपालमा टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरू कमी नभएको बताए। उनले नेपालले टक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको बताए। उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिअनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए।

उनले भने, ‘नेपाल आईटी सेक्टर वा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको छ। कतिपय प्रोडक्टहरू नेपाली प्रोडेक्टहरू जो नेपाली आईटी इन्जिनियरहरूले तयार गरेको सफ्टेवेयर, डिजिटलाइज गर्ने कुराहरूले हामी विश्वको कुनैप नि विदेशी आईटी कम्पनीको तुलनामा नेपालको आईटी प्रोफेसनलहरू कमी छ भन्ने मलाई लाग्दैन। हाम्रो जीवनमा आउन सक्ने टेक्नोलोजीको हिसाबले कताकता हामी नेपाली टेक्नोलोजीलाई अहिले प्रायोरिटी नदिएको हो की भन्ने मलाई लाग्छ। नेपाली प्रोडक्टमा १५ प्रतिशतसम्म हामी बढी मूल्य दिन सक्ने भन्ने किसिमको नीति रहेको छ। त्यही अनुरूप सरकारले टेक्नोलोजी उत्पादनलाई आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ। सरकारले जबसम्म नेपाली उत्पादन, सफ्टवेयर टेक्नोलोजीलाई हरेक निकायले प्राथमिकता दिएर अघि बढाउने प्रयास गर्दैनन् तबसम्म यो क्षेत्रले फड्को मार्दैन।’

वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनै पनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर