कांग्रेस नेता कर्मा घलेको निधन

नेपाली कांग्रेसका नेता कर्मा घलेको निधन भएको छ। महासमिति सदस्यसमेत रहेका पूर्वसांसद घलेको ५९ वर्षको उमेरमा मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्ति निकालेर घलेको निधनले कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

घलेले कोभिड १९ को महामारीका बेला नेपाल सरकारलाई करिब सवा करोड बराबरको सेनिटाइजरसमेत सहयोग गरेको प्रमुख सचेतक लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मनाङका घले २०७४ मा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए।

‘उहाँको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। शोकको यस घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ,’ प्रमुख सचेतक लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *