यूएसएआईडीकी प्रमुख सामन्था पावरले गरिन् पाटन दरबारको अवलोकन

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले ललितपुरको पाटन दरबार स्वाक्वयर क्षेत्रको अवलोकन गरेकी छन्। मंगलबार प्रशासक पावरले ललितपुरको पाटन दरबारको अवलोकन गरेकी हुन्।

सो अवसरमा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल पनि सहभागी बनकेी थिइन्। पाटन दरबार क्षेत्रको अवलोकन गर्न पुगेकी प्रशासक पावरलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए।

दुई दिने नेपाल भ्रमणका क्रममा मंगलवार बिहान नेपाल आएकी सामन्था बुधबार स्वदेश फर्किर्नेछिन्। उनले आज नै भक्तपुरको आदर्श माध्यामिक विद्यालयको अवलोकन समेत गरेकी थिइन्।साथै विद्यालयमा विद्यार्थीहरूसँग बास्केट बल खेल्नुका साथै अन्तरक्रियासमेत गरेकी थिइन्।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल आएकी हुन्। अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेटस्तरकी उच्च अधिकारी हुन्। नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाइ भेट गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर