विप्लव नेतृत्वको नेकपाले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो।

पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महँगीका विरुद्धमा देशव्यापी विरोध गर्ने बताएका हुन्।

उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताए। उनले पार्टीले संसद्मा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रूपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको बताए।

उनले आगामी दिनमा राष्ट्रिय स्वाधीनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको जिकिर गरे। उनले पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका विरुद्ध संघर्ष गर्ने पनि बताए।

जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्ने प्रवक्ता विश्वकर्माको भनाइ छ। उनले सरकारसँग पार्टीले गरेको ३ बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका कारण जेलमा रहेका नेताहरू रिहा हुनुपर्ने माग गरेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *