प्रधानमन्त्री प्रचण्ड र युरोपियन युनियनकी आयुक्त उर्पिलाइनेनबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघकी आयुक्त जुट्टा उर्पिलाइनेनले भेटवार्ता गरेकी छन्।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग आयुक्त उर्पिलाइनेनले भेटवार्ता गरेकी हुन्। भेटमा अन्तर्राष्ट्रिय साझेदारीमा नेपालमा युनियनले गर्दै आएका विभिन्न कामको विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

युरोपेली संघकी आयुक्त उर्पिलाइनेन नेपालको एक दिने औपचारिक भ्रमणमा आज नेपाल आइपुगेकी हुन्। भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नाका साथै नेपालमा युरोपेली संघका विभिन्न कार्यहरूको शुभारम्भ गर्दैछिन्।

युरोपेली संघले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिंक बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ। संघले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकांक र सुशासन प्रवर्द्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर