सशस्त्र प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी बल, नेपालका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा बुधबार राती बसेको बढुवा समितिको बैठकले चार जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा एसएसपीहरु सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन् ।

सशस्त्र प्रहरीमा १६ डीआईजी पदमध्ये ४ वटा रिक्त थियो।

बढुवाका दाबेदारमा एसएसपीहरु दीपेन्द्र शाह, पुरुषोत्तम थापा, अन्जनी कुमार पोखरेल, सुरेश कुमार श्रेष्ठ, दीपक अधिकारी, कृष्ण ढकाल, विनोदराज श्रेष्ठ र मनिष थापा थिए । उनीहरु सिसं–१ मा इन्स्पेक्टरमा भर्ना भएका अधिकारीहरू हुन् ।

बढुवा समितिका सदस्य सचिव एआईजी नारायणदत्त पौडेलले माघ १९ को निर्णयअनुसार बढुवा सूचना निकालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *