घुस मागेको अडियो बाहिरिएपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्।

थाई स्माइल एयरलाइन्सका कर्मचारीसँग ठाकुरले कुरा गरेको एक अडियो बाहिरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो।

ठाकुरले गैरकानूनी रूपमा थाई स्माइलबाट लाभ लिने गरी उक्त अडियाेमा कुरा गरेको बताइएको छ।

उक्त अडियाेको छानबिन गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर