राष्ट्रपति राजनीतिक व्यक्तित्वबाटै बनाउनुपर्छ : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। शुक्रबार संसद्को दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता शर्माले राष्ट्रपति राजनीतिक व्यक्तित्वबाटै बनाउनुपर्ने बताएका हुन्।

उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए। उनले सत्तारूढ गठबन्धनभित्रैबाट राष्ट्रिय सहमति हुनु आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै माओवादी केन्द्रकै नेता महेन्द्रबहादुर साहीले राष्ट्रपतिमा कस्तो व्यक्ति उभ्याउँदा सबै एक ठाउँमा आउन सकिन्छ भनेर छलफल चलिरहेको बताए। उनले राष्ट्रपति राष्ट्रप्रति प्रतिबद्ध व्यक्ति हुनुपर्नेमा जोड दिए।

जनता समाजवादी पार्टी, नेपालका नेता अशोक राईले आफूहरू सत्तारूढ गठबन्धनभित्र नरहेको बताए। सरकारलाई समर्थन गरे पनि आफूहरू गठबन्धनमा सामेल नभएको उनले बताएका हुन्। उनले सरकारसँग आफूहरूको कुनै माग नभएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर