राजनीतिक स्थायित्वका लागि बलियो गठबन्धन आवश्यक : प्रकाशमान सिंह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताएका छन्।

नेपाल प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले राजनीतिक स्थायित्वका लागि बलियो राजनीतिक गठबन्धनको खाँचो रहेको बताएका हुन्।

‘मुलुक र जनताको हितका निमित्त राजनीतिक समीकरण फेरबदल भइरहन्छन्, अब पनि आवश्यकताअनुसार राजनीतिक समीकरण बदलिनुलाई स्वाभाविक मान्नुपर्छ,’ उनले भने।

सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदलको प्रसंग कोट्याउँदै नेता सिंहले अहिलेको गठबन्धन दिगो रूपमा जान नसकेको आरोप लगाए। संघीयतालगायत उपलब्धि कार्यान्वयनसँगै मुलुकको हितका लागि बलियो गठबन्धन आवश्यक भएको उनको भनाइ थियो।

कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि सरकारका राम्रा कामलाई साथ र सहयोग गर्ने उद्देश्यअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर