लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल

लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त भएका छन्। मुख्यमन्त्री लीला गिरीले उनलाई सो पदमा नियुक्त गरेका हुन्। मुख्य न्यायाधिवक्ता पौडेलले आजै शपथ लिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रदेश सरकारका मुख्य कानूनी सल्लाहकार मानिने मुख्य न्यायधिवक्ताले संवैधानिक एवं कानूनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको अन्य अधिकारीलाई रायसल्लाह दिनुपर्ने हुन्छ। मुख्य न्यायाधिवक्ताले कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थायी निवासी मुख्य न्यायाधिवक्ता पौडेल यसअघि लुम्बिनी प्रदेश सरकारका कानून आयोगको सदस्य र कानून कार्यदलको सदस्यको जिम्मेवारीमा थिए। अन्तर्राष्ट्रिय मानव अधिकार कानून र समाजशास्त्र विषयमा स्नात्तकोत्तर गरेका उनले विगत २३ वर्षदेखि कानून व्यवसायीको रूपमा काम गर्नाका साथै त्रिभुवन विश्वविद्यालयअन्तर्गत बुटवल बहुमुखी क्याम्पसमा समाजशास्त्र विषय प्रध्यापन पनि गर्दै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर