परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

भारतको विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेट गरेका छन्।

नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्विपक्षीय संयन्त्रको बैठकपछि क्वात्राले सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री पौड्यालसँग भेट गरेका हुन्।

भेटमा दुई देशको आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर