रास्वपामा ज्वाला संग्रौला र रमेश प्रसाईंसहित १६ केन्द्रीय सदस्य थपिए (नामावलीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्री समिति सदस्य २४ जनाबाट विस्तार गरेर ४० जनाको बनाएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले नयाँ केन्द्रीय समिति सदस्यका रूपमा १६ जना थप गरेको हो।

मनोनीत हुनेमा निशा मेहता, विन्द्यवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ‘ज्वाला’, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन्।

त्यस्तै बैठकले अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, संगठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित विभागलगायतका २२ वा विभाग निर्माण गरी विभाग प्रमुख तोकेको छ। सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतारा मनोनयन भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय पनि गरेको छ। बैठकपछि निर्णयहरू सुनाउँदै पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताए। उनले सत्तारूढ दलहरूले आफ्नो पार्टीसँग भएको सहमति तोेडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पारे। उनले सत्तारूढ दलहरूले अझै सरकारमा आउन आग्रह गरे पनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभई आफूहरू सरकारमा नजाने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *