बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर विभागको छापा, पत्रकारहरूको मोबाइल जफत

भारतको राजधानी नयाँदिल्ली र मुम्बईमा रहेका ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)का कार्यालयमा मंगलबार दिउँसो भारतीय सरकारी अधिकारीहरूले छापा मारेका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको आयकर विभागका कर्मचारीहरूले एकैसाथ बीबीसीका दुई कार्यालयमा छापा मारेका हुन्।

खानतलासीको क्रममा केही पत्रकारहरूको मोबाइल पनि जफत गरिएको बताइएको छ। पत्रकारहरूलाई कार्यालय छाडेर घर जान भनिएको छ। छापा मारेको जानकारी लण्डनस्थित बीबीसीको कार्यालयमा दिइएको छ।

स्रोतका अनुसार यो अन्तर्राष्ट्रिय करसँग सम्बन्धित विषय हो। कर अनियमिततालाई लिएर बीबीसीको कार्यालयमा विभागले खानतलासी गरेकाे हाे। यद्यपि यस सम्बन्धमा आयकर विभागले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

केही दिनअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे आफूले बनाएको वृत्तचित्र सार्वजनिक गरेको थियो। उक्त वृत्तचित्रमा मोदी गुजरातका मुख्यमन्त्री हुँदा भएको हिन्दू-मुस्लिम दंगामा उनको भूमिकाबारे पनि देखाइएको छ।

मोदीबारेको उक्त वृत्तचित्र प्रसारण गर्न भारतले प्रतिबन्ध लगाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर