कांग्रेस सांसदको प्रश्न- भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियारलाई कसले रोकेको छ?

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्यसम्पादनमाथि नै प्रश्न उठाएका हुन्।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरूको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गरे। उनले अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो भन्दै प्रश्न गरे।। सांसद भण्डारीले नेपालमा नाटक चलिरहेको टिप्पणी गरे।

उनले भने, ‘बिहान हामीले मोबाइलमा सुन्छौं भ्रष्टाचार गर्नु अपराध हो, अख्तियार अनुसन्धान आयोग। अख्तियार अनुसन्धानले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ र दूरी राखेर बस्छ? त्यो के हो? यो नाटक के नाटक, के का लागि नाटक? त्यसैले हामीले हाम्रो संसद्लाई विभिन्न विषयहरूको छलफलको थलो बनाउनुपर्छ।’

सांसद भण्डारीले संसद्लाई अबका दिनमा फरक तरिकाबाट जनमुखी नीति निर्माणको थलोको रूपमा अघि बढाउनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *