बहुविवाह मुद्दा खेपिरहेकी महिलाले सुटुक्क वीरगञ्ज सीमा काट्न खाेजेपछि…

बहुविवाह मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएकी उदयपुरकी एक महिला पर्सामा पक्राउ परेकी छन्। उदयपुरको बेलका नगरपालिका-४ की श्रीयंका पोखरेल केसी वीरगञ्जमा पक्राउ परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अमेरिका जान लागेको अवस्थामा उनी अध्यागमन कार्यालयको कालोसूचीमा रहेको देखिएको थियो। पर्यटक प्रहरीले गहिरो अनुसन्धानबाट उनीविरुद्ध बहुविवाह मुद्दामा पक्राउ पुर्जी जारी भएको पत्ता लगाएपछि उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको हो।

पक्राउ परेकी महिलालाई उदयपुर पठाउने तयारी भइरहेको पर्साका एसपी कोमल शाहले बताए।

इलाका प्रहरी कार्यालय ठोक्सिला उदयपुरका इन्स्पेक्टर सरोज खनालका अनुसार पक्राउ परेकी श्रीयंका मनोज केसीकी कान्छी श्रीमती हुन्। मनोज अहिले अमेरिकामा छन्। जेठी श्रीमती उर्मिला बस्नेत केसीले श्रीयंकाविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन्। उजुरीउपर मुद्दा दर्ता गर्दै उदयपुर जिल्ला अदालतले श्रीयंकाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसयता उनी प्रहरीको नजरबाट लुकिछिपी बस्दै आएकी थिइन्।

यस्तै उर्मिलाले झुटा विवरण पेस गरी सरकारी कागजात लिएको भन्दै अर्को उजुरी पनि दिएकी छन्। श्रीयंकाका सन्तान अमेरिकामा जन्मिएको भए पनि नेपालमै जन्मिएको भनी जन्मदर्तालगायत कागजात लिएको आरोपमा उर्मिलाले उजुरी दिएकी हुन्।

श्रीयंकाका सन्तान काठमाडौंमा रहेर पढिरहेको बुझिएको तर के कति सन्तान छन् भन्ने विषय स्पष्ट नभएको इन्स्पेक्टर खनालले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर