निर्मला कुर्मीलाई न्याय दिने सरकारको आश्वासनपछि महिला अधिकारकर्मीको आन्दोलन स्थगित

४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।

विगत लामो समयदेखि निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गर्दै आएका उनीहरूले तत्कालका लागि आजबाट आदोलन स्थगित गरेका हुन्। मंगलबार राज्यसँग ३ बुँदे सहमति भएसँगै उनीहरूले आजबाट आन्दोलन स्थगित गरेका हुन्।

सरकारसँगको सहमितमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान.सम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नका लागि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गरी दोषीको मुद्दा चलाउने सहमति भएको छ।

त्यस्तै आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई तत्कालका लागि थाँती राख्दै हाललाई तेस्रो चरणको ४८ दिनदेखिको धर्नासहितको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षका व्यक्तिहरूको जिउ ज्यानको सुरक्षाका लागि सुरक्षा संयन्त्रको उचित समन्वय र प्रवर्द्धन गर्ने सहमति भएको छ।

निर्मला कुर्मीको न्यायका लागि यस पटक एसएसपीको नेतृत्वमा विशेष टोली बन्ने बताइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर